राजनीति

प्रधानमन्त्रीलाई दबाब: कालापानी/लीपुलेक/लिम्पीयाधुरा भारतबाट हटाउन मोदीसँग डाईरेक्ट कुरा गर्नुस्

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दहाल, डा बाबुराम भट्टराई, प्रकाशचन्द्र लोहनी, कमल थापा, महन्थ ठाकुर लगायतका शीष नेतृत्वले कालापानी, लीपुलेक र लम्पीयाधुरा नेपालको भएको भन्दै एक स्वर बनाएका छन् । सभापति देउवा, डा भट्टराई, कमल थापा, डा लोहनी लगायतका अधिकाँसले नेपालको भएके दुईमत नभएपनि त्यसको कुटनीतिक पहल प्रधानमन्त्रीले गर्नुपर्ने सुझाव/दबाब दिएका छन् ।

साँझ सुरु भएको आजको प्रधानमन्त्री निवास बालुवाटारको प्रधानमन्त्रीले डाकेको बैठकमा डा भट्टराईले सचिव स्तरीय बैठक भन्दापनि प्रधानमन्त्रीले डाईरेक्ट प्रधानमन्त्री मोदीसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् भने डा लोहनी र राप्रपा अध्यक्ष कमल थापाले परराष्ट्र सचिव स्तरीय बैठक तुरुन्त बोलाउनुपर्ने विचार ब्यक्त गरेका थिए ।

देशभर भारतले हेपाहा प्रवृतिले नेपालको भूमीलाई अतिक्रमण गर्दै आफ्नो नक्सामा पारेको भन्दै बिरोध भईरहेको छ भने प्रधानमन्त्रीले मुलुकका महत्वपूर्ण दलका बिशिष्ट ब्यक्तीहरुसँग छलफल गरेर धारणा बनाउने रणनीति अन्तर्गत आज आफ्नै निवास वालुवाटारमा बैठक राखेका हुन् ।