प्रदेश 1

नेकपाका सय भन्दा बढी काँग्रेसमाः कालापानी/लिपुलेक भारतले लग्दा पनि केही नबोल्ने ओलीले देश बेच्ने दाबी

धरान । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा संसद मिनबहादुर बिश्वकर्माले सय भन्दा बढी नेकपाका कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका छन् । धरान उपमहानगरपालिका वडा नम्बर १५ नेपाली काँग्रेस को मतदान केन्द्र (क) तर्फको चुनाव प्रचार– प्रशार कार्यलय उद्घाटनमा कार्यक्रममा प्रमुख अतिथी पुर्व वाणिज्य मन्त्री मंशिर १४ गते हुनलागेको उपमहानगरपालीकाको निर्बाचनमा उनले दर्जनौँलाई काँग्रेसमा भित्र्याएका हुन् । नवप्रशेशीहरुलेृ आफूहरुले नेकपालाई मतदान गरेर बिगतमा गम्भीर गल्ती गरेको समेत बताएका थिए ।

पार्टी प्रवेश गरी अभिर र माला लगाउने नेकपा लगायतकाहरुमा स्थानीय रमेश खडगी, पुष्ष थापा,डिल्ली गुरूङ, नवराज ढकाल, आईन्द्र कुमारी चेमजङ, कृष्ण कुमार परियार, हरी राई, शंकर लिम्बु, कल्पना राई लगायत रहेको सुनसरी काँग्रेसले बताएको छ ।

नवप्रवेशीहरुले नेकपाले कालापानी, लिपुलेक, लीम्पीयाधुरा हडप्दा समेत नबोलेको आरोप लगाउँदै विकास गर्ने कुरा त परैको कुरा भएके बताएका छन् । उनीहरुले सरकारले भ्रष्टाचार बढाएको, कर बढाएको, झोले कार्यकर्ताका लागि मात्र काम गरेको लगायतका कुराहरु आफूहरुलाई चित्त नबुझेको भन्दै काँग्रेसमात्र भरपर्दो पार्टी लागेर बिना शर्त प्रबेश गरेको बताएका थिए ।