राजनीति

भारत बिरुद्धको आन्दोलन जारी राख्न सभापति देउवाको देशभरका कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत बिरुद्ध आन्दोलन जारी राख्न आफ्नो भातृसंस्था नेपाल विद्यार्थी संघलाई निर्देशन दिएका छन् । आज बिहान सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थीत देउवा निवास गएका बिद्यार्थीहरुलाई आफूले भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई उक्त लिपुलेक, कालापानी नेपालको भएकोले काँग्रेसलाई ध्यानाकर्षण भएको र उक्त नक्सा परिवर्तन गर्न आग्रह गरेको बताउँदै भारतीय पक्षको उक्त दादागिरीका बिरुद्ध उत्रन निर्देशन दिएका हुन् । सभापति देउवाले आफैं सकृय भएर कालापानी लिपुलेक र लिम्पीयाधुराको बिषयमा नेपालका भूभाग बिरुद्धमा सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको सर्बपक्षीय बैठक राखेकाले सरकारले त्यसपछि महत्पवूर्ण निर्णय गर्न सक्ने राजनीतिकबृतमा अनुमान लगाइएको छ ।

नेकपाले आधिकारीक रुपमा कुनैपनि प्रतिकृया दिएको छैन । नेकपाका नेताहरुले भने ब्यक्तीगत रुपमा प्रतिकृयाहरु दिईरहेका छन् । देशभर भारतले मिचेको उक्त भूमिको बिरुद्धमा निेपाली संघसस्था तथा ब्यक्तीहरु भारत बिरोधी अभियानमा लागेका छन् । देशभर बिभिन्न प्रकारका आन्दोलनहरु भईरहेका छन् ।
नेबिसंघले शुक्रबार काठमाण्डौको लैनचौरस्थीत भारतीय दूताबास अगाडी बिरोध कार्यक्रम गरेको थियो । कतिपय स्थानमा नेकपा सरकार यस बिषयमा एक विज्ञप्ती निकालेर झारो टार्ने कार्यमा मात्र लागेको भन्दै नेकपाका कार्यकर्ता समेत आफ्नै सरकारको बिरोधमा छन् ।