सुदूरपश्चिम

गिरफ्तार १६ जना नेता कार्यकर्ता बिनाशर्त रिहा गर्न नेकपा (विप्लव)को माग

काठमाडौं । नेपाल कम्युनिष्ट(विप्लव) भारतले नेपाली भुमिमाथि गरेको हस्तक्षपका बिरोधमा अभियानमा हिँडेका पार्टीका नेता कार्यकताको गिरफतारी प्रति आपक्ति जनाएको छ ।

सेती महाकाली व्युरो ईन्चार्ज निमार्णले आज विज्ञप्ति जारी गरी सरकारको उक्त हर्कतको बिरोध गर्दै गिरफतार सबै नेता कार्यकर्ता रिहाईको माग गरेका छन् ।

भारतले नेपालको लिपुलेक, कालापानी लाई मिच्न खोजेको बिरोधमा विरोध अभियानमा हिँडेका पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ जना नेता कार्यकर्तालाई बाजुराबाट बझाङ आउदै गर्दा प्रहरीले हिजो घेराबन्दी गरेर गौमुल गाउँपालिका ३ माझपालीबाट गिरफ्तार गरेको थियो ।

उनले भारतको नांगो हस्तक्षेपको बिरोधमा संर्घष गर्नुपर्नेमा सरकारले उल्टै अभियानमा हिँडेका आफना नेता कार्यकर्ता गिरफतार गरेकोमा आपक्ति पनि जनाएका छन् ।

साथै गिरफतार सबै नेता कार्यकर्तालाई तत्काल बिनासर्त रिहा नगरे कडा आन्दोलनमा उत्रने पनि उनले विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।