काठमाडौं । नेपाली कांग्रेसका केनिद्रय सदस्य तथा युवा नेता गगन थापाले नेपाली स्वाभिमान माथिको दादागिर अन्त्य गर्न प्रधानमन्त्री केपि शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक अनलाईनको समाचारप्रति को प्रतिक्रिया सहितको एक स्टाटस लेख्दै नेता थापाले सिमा विबादमा प्रधानमन्त्री ओलीले डाकेको सर्वपक्षिय बैठक सकारात्मक भएको बताउदै उनले यस्तो आग्रह गरेका छन् ।
उनले नेपाली भूमिमाथिको अतिक्रमण विरुद्ध सबै एकजुट भएर तथ्य र प्रमाण सहित लडन सबै नेपालीलाई आग्रह गरेका छन् ।
साथै उनले दशकौँ देखि थांति रहेका विवादित विषयको कूटनीतिक तवरले निरूपण गरी नेपाली स्वाभिमान माथिको हस्तक्षेप र दादागिरीलाई परास्त गनृेुपर्ने बताएका छन् ।
उनको स्टाटसः प्रधानमन्त्रीज्यू सकारात्मक सुरुवात । हाम्रो भूमिमाथिको अतिक्रमण विरुद्ध सबै एकजुट भएर तथ्य र प्रमाण सहित लडौँ। दशकौँ देखि थांति रहेका विवादित विषयको कूटनीतिक तवरले निरूपण गरौँ।हाम्रो स्वाभिमान माथिको हस्तक्षेप र दादागिरीलाई परास्त गरौँ।