बाग्मती

चितवनमा दुर्घटनामा एकको मृत्यु

भरतपुर । चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १४ प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका– १४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।