राजनीति

मुलुकको अस्तित्व बचाउन सम्पुर्ण नेपालीएकजुट हुनुको विकल्प छैनः नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले छिमेकि देश भारतले नेपालको भुमि मिच्चेर अस्तित्व नै लुट्न लागेकाले सम्पुर्ण नेपालीलाई एकसाथ जोडेर अघि बढन सरकारलाई आग्रह गरेका छन् ।

भारतले अहिले नेपालको नेपालको भुमि मिचेर रुप नै परिवर्तन गरेको समयमा नेपाल आमाका सबै सन्तान मिलेर एक भई जुटन जरुरी रहेको उनले बताए ।

सामाजिक सञ्जाल ट्वीटर माफर्त उनले डा गोविन्द केसी नेपाली आमाका असल सन्तान भएकाले अहिले भारतले नेपालको अस्तित्वनै मिच्न लागेको समयमा अनसनलाई तोडी ‘देशको सुरक्षाका लागि नेपाली एक ठाँउ भन्ने पहिचान दिन अनुरोध गरेका छन् ।

साथै उनले विप्लव नेतृत्वको नेलाप कम्युनिष्ट पार्टीलाई पनि पनि शान्ति प्रकृयामा आउने यो महत्वपूर्ण समय हो भएको बताए ।

उनको ट्वीटः डा गोविन्द केसी नेपालीआमाका असल सन्तान हुन । अहिले भारतले नेपालको रुपनै परिवर्तन गरेको छ यस समयमा अनसनलाई तोडी ‘देशको सुरक्षाका लागि नेपाली एक ठाँउ भन्ने पहिचान दिन अनुरोध।विप्लव समुहलाई पनि शान्ति प्रकृयामा आउने यो महत्वपूर्ण समय हो। तसर्थ सरकारले नेपालीलाई एक ठाँउमा राख्नु पर्दछ ।