खेलकुद

एएफसी यू(१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट नेपाल बाहिरियो

काठमाडौं । नेपाल इरानमा जारी एएफसी यू(१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । छनोट अन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानसँग ४(० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए । ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २(० को बनाए ।

नेपालविरुद्ध लगातार आक्रमण बुनेको इरानले ८६ औं मिनेटमा अलिरिजा मोनाजामीले गोलबाट अग्रता तेब्बर बनाएको थियो । त्यसपछि खेलको ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४(० को जित दिलाए । जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ । इरान शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन ।

छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब ईमिरेट ९युएई० सँग ४–० गोल अन्तरले पराजित भएको थियो । इरानले भने पहिलो खेलमा किर्गीस्तानलाई ३(० गोल अन्तरले पराजित गरेको थियो । शुक्रबार भएको पहिलो खेलमा किर्गीस्तानले युएईलाई २(० ले हराएको छ ।

अब नेपालले छनोटको अन्तिम खेलमा आईतबार किर्गीस्तानको सामना गर्नेछ । यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।