अन्तर्राष्ट्रिय

एसेक्समा मृत भेटिएका ३९ भियतनामीको सनाखत

एजेन्सी । गत महिना लण्डनको दक्षिणपूर्वमा रहेको एसेक्समा मृत भेटिएका सबै भियतनामी नागरिकको सनाखत भएको बेलायतको प्रहरीले शुक्रबार जनाएको छ । मृतकमध्ये दुई जनाको उमेर १५ वर्ष रहेको र अधिकांश युवाहरूलाई रहेका थिए ।

रोजगारीको प्रलोभनमा बेलायत लाने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको थियो । उनीहरू अक्टोबर २३ मा एसेक्सको एक पार्कभित्र मृत भेटिएका थिए ।

मानव तस्कर गर्न खोजेको आशंकामा लरी चालक आयरल्यान्डका नागरिकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । उनी पक्राउ परेको दुई साता बित्दा पनि प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

सो विषयमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठजनालाई पक्राउ गरेको छ । लरीमा मारिएकामध्ये ३१ पुरुष र आठ महिलाको रहेको बेलायती अधिकारीले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ ।