राजनीति

वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली वन्योः नेता महर

नेबिसघंका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस युवा नेता नैनसिहं महरले वर्तमान सरकार बिदेशीको कठपुतली भएर काम गर्न थालेको आरोप लगाएका छन् । नेपाल स्वास्थ्य कर्मी संघको सातौं महाधिवेशन उदघाटन कार्यक्रममा बोल्दै नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन कांग्रेसले सर्वदलिय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको बताएका छन् ।

लिपुलेक त्रिदेशिय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोरबाटो बाट सम्झौँता गरेको कुराप्रति अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ, नेता महरले रुष्ट हुदैं भने।नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने बताए ।

वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर बिद्यार्र्थीबाट असुलिएरो थप शुल्क समेत फिर्ता गर्न सरकार भागीरहेको आरोप लगाए ।