आर्थिक

प्राइम लाइफ अब अनलाईन प्रणालीमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले हालै अनलाइन प्रविधिबाट यस कम्पनीका विभिन्न जिवनबीमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको छ ।

यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिनचाहेको जिवनबीमा योजनातथा त्यस योजनाअन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरm छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवाप्रदायक मार्फत भुक्तानीगर्न सकिने जनाएको छ । हालको लागी अधिकतम विमाङ्क रकम पाँच लाखसम्मको वीमालेख खरिद गर्न सकिनेछ ।

यस प्रविधिअन्तर्गत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइबीमालेख जारी हुनेछ ।

कम्पनीले शरुवात गरेको अनलाइन प्रविधिबाट प्रदानगरिने बीमाको सेवाबाट धेरै भन्दा धेरै जनतासमक्ष जीवन बीमाको पहँुचपुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइनमार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ ।