बाग्मती

टंकप्रसाद प्रतिष्ठान भन्छः भारतको सीमा अतिक्रमण विरुद्ध सबै नेपाली एकजुट होऔं

काठमाण्डौ । कालापानी, लिपुलेक र लीम्पियाधुरा भारतले आफ्नो नक्सामा मिसाएको टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिरोध जनाएको छ । प्रतिष्ठानकी महासचिव मिना आचार्यले विज्ञप्ती जारी गर्दै कालापानी नेपालको अखण्ड तथा अविभाज्य भूभाग भएको भारतीय सरकारको यस्तो विस्तारवादी दुषचेष्टाविरुद्ध देशभर फैलिएको आक्रोश, निन्दा र विरोध गर्नपर्ने दावी गरेकी छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘कालापानी नेपालको अखण्ड तथा अविभाज्य भूभाग हो । यसलाई भारतको नक्शामा गाभेर भारतीय सरकारले आफ्नो दावी गर्नु नेपालको प्रभुसत्तामाथि घोर अतिक्रमण हो। भारतीय सरकारको यस्तो विस्तारवादी दुषचेष्टाविरुद्ध देशभर फैलिएको आक्रोश, निन्दा र विरोधको आवाजमा हामी पनि आफ्नो आवाज मिलाउँद छौँ, त्यसमा ऐक्यबद्धता जनाउँद छौ। भारतीय जनताप्रति सदैव मित्रभाव राख्ने नेपाली जनतामाथि यस आक्रमणलाई हामी पुरानै अङ्ग्रेज साम्रज्यवादी नीतको विस्तार ठान्दछौँ।

कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा दुई मत छँदैछैन । तथापि भारत सरकारबाट विभिन्न समय र स्थानहरुमा सीमा अतिक्रमण तथा अमानवीय हेपाहा प्रवृत्ति छिमेकी राष्ट्रप्रति सरासर अमैत्रीपूर्ण व्यवहार हो।भारत सरकारले दुई सरकारबीचको सहमतिमा बनेको नेपाल -भारत प्रबुद्ध समूहको प्रतिवेदन अझै नबुझ्नु र आफूखुशी नयाँ नक्साको आधारमा कालापानी भूभाग भारतको सीमाभित्र परेको देखाउनु विस्तारवादी प्रवृत्ति हो ।

यस सीमा समस्यालाई दुई मित्रराष्ट्र बीचको ऐतिहासिक दस्तावेज एवं विभिन्न समयमा प्रस्तुत भएका प्रतिवेदन- प्रमाणहरुका आधारमा कुटनैतिक माध्यमबाट समाधान हुनु पर्छ भन्ने हाम्रो मान्यता छ । यसै प्रसङ्गमा नेपाल सरकारको दृष्टिकोण तथा अवधारणाप्रति हामि हार्दिक समर्थन जनाउँदछौ।’