पु.समाचार

भारतले जमिन फिर्ता गरेन भने नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्नुपर्छः नेता गुरुगं

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले भारतले दानवले हशुरेजसरी भूमी हशुरेकोमा आफूलाई अत्यन्तै दुःख लागेको र त्यसमा आफू सहन नसक्ने बताएका छन् । सीमानामा रक्षा गर्ने सिलशीलामा धेरै नेपालीहरु मरेका उदाहरण हाम्रो देशमा भएको उदाहरण दिँदै मान्छे जन्मने र मर्ने तर राष्ट्रका लागि मर्नु गर्व हुने दाबी गरेका छन् । सप्तरीको तिलाठी लगायतका दर्जनौं घटना नजिर भएको उनको दावी छ । हामी मर्न तयार हुन्छौं तर नेपालको एकचिम्टी माटो पनि कसैले ले सह्य नहुने उनको दाबी छ । नेपाल कमजोर भएको नेपालको फाईदा भारतले लिएको भन्दै ‘२०१७ सालको कू’ पछि प्रजातन्त्रीक सरकार राजा महेन्द्रबाट ‘कू ‘ भएपछि नेपाका राजाको आदेशबाट सत्ता जोगाउनका लागि ६०० बर्ग किलोमीटर जमीन भारतको नक्सामा पार्न मानेको कुरा देखिएको छ । त्यसलगत्तै चीन र भारतको लडाई शुरु भयो, त्यसपछि भारतले नेपालको भूमिमा आफ्नो सेना राख्न थाल्यो । स्वीकृति दिँदा दुई देशको युद्ध चल्दा बलमिच्याई ढंगबाट नेपालमा सेना राखेपछि अन्तर्राष्ट्रिय कानूनको उलंघन भयो।

‘केहीदिन अगाडीपनि कालापानीमा एक शिक्षकलाई नेपालको भूमिमा किन आँउदा भन्दा भारतीय सुरक्षकर्मीले थर्काएको कुरा ताजै छ । जिपुलेक र लिपियाधुरामा ब्यापारीक नाका बनाउँदै चीन र भारतले सम्झौता गरेपछि थप समस्या भयो । कालापानी पनि मिचाहा प्रवृतिबाट निल चुप लागेर बस्ने कुरै आउँदैन । विवाद शुरु भएको भारतकै कारणबाट शुरु भएको हो । कञ्चनपुरमा पनि १० गजातिर, नवलपरासीको सुस्ता, पर्सामा तेस्तै नेपालीले बनाएको मन्दीर अहिले भारतको भएको छ, पुजा गर्न समेत भारतले दिँदैन, महेशपुरमा पनि तेस्तै छ । नेपालको भूमिलाई विाादित क्षेत्र भन्दै सचिव स्तरीय समिति बनाउने जस्ता कामहरु हुनु लाजमर्दो भयो’ नेता गुरुगंले भनेका छन् । ।

उनले नेपाल र भारतको सम्बन्ध राम्रो होस भन्ने आफूलाई लागेको भएपनि छिमेकीले मिल्नुपर्नेमा छिमेकीको पर्खाल भत्काएर पस्ने अनि छिमेकीले नक्सापनि परिवर्तन गर्ने गरेपछि यसलाई अन्तर्राष्ट्रिय मुद्धा बनाउनुपर्ने बताएका छन् । नेपालसंग सुगौली सन्धी पछिपनि धेरै प्रमाण छन्, नेपालमा घर र भारतमा खेती भएका कुरा पनि छन्, नेपाल सरकारले कुटनीतिक पहल गरेर मिलाउनुपर्ने भएपनि किन उसले पहल लिएन त्यो आफूलाई थाहा नभएको बताउँदै भारतको हेपाहा प्रवृति हावी भएको बताए ।

नेता गुरुगंले सरकारको प्रेश विज्ञप्तीमा कुटनीतिक कमजोरी देखाएको उनको दाबी छ । एक प्रतिष्ठीत टेलिभिजनसँगको कुराकानीमा बोल्दै कालापानीमात्र नाम राखेर लिम्पीयाधुरा र लिपुलेक नाम हटाएर राम्रो नगरेकोले सरकारले झारो टार्नेखाल्को काम गरेको बताए। नेपालको एक हात जमिन पनि कसैलाई नछाड्ने दाबी गर्दै नेपाल सरकारले नक्सा परिवर्तन गरी नेपालको जमिन फिर्ता लिनुपर्ने बताए । नेपालमा राष्ट्रबादको ज्वालामुखी फुट्न थालेको दाबी गर्दै त्यसभन्दा बगाडी नै मिलाएन भए नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्नुपर्ने दाबी गरेका छन् । नेता गुरुगंले भारतको नियत सफा नभएकोले उसले सच्याउने सम्भावना कम रहेको बताए । २०३२ साल , २०४५ साल र २०७२ सालमा नाकाबन्दीको सामाना गरेको उदाहरण दिँदै नाकाबन्दी भन्दा ठूलो समस्या भोग्दै मर्न समेत तयार हुँदै सलाई कोरेर घर जलाउन खोज्नेलाई छाड्न नहुने बताए ।

उनले यस्तो समयमा कालापानी, लिपुलेक र लीम्पीयाधुराका बिषयमा नबोल्ने पदमा बसेका जिम्मेवार नेताहरुको कुनै काम नभएको बताए । नेपाललाई चीन र भारतले नेपाल देशै होईन भन्ने हिसावले गरेका केही सम्झौताहरुको प्रभाव समेत यो घटना भएको उनको टीप्पणी छ ।