राजनीति

इतिहासमा उपनिवेश भएको भारतको थिचोमिचो जन्मजात स्वतन्त्र नेपाललाई अस्वीकार्यः प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायण काजि श्रेष्ठले बिश्वमा साम्राज्यवादी उपनिवेशवाद हावी हुँदा र छिमेकी देशहरु उपनिवेश हुँदा समेत कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नभै सार्वभौम र स्वतन्त्र रुपमा ठिङ्ग खडा भएको देश नेपाल भएको बताएका छन् ।

उनले जतिबेला भारत र अमेरीका जस्ता देशहरु बेलाएतको उपनिवेशमा हुँदा पनि नेपाल कसैको उपनिवेश नभएको भन्दै अहिले आएर भारतको उपनिवेश हुने कुरा कल्पना पनि गर्न नसकिने बताए ।

सामाजिक सञ्जाल ट्वीटमार्फत प्रवक्ता श्रेष्ठले भारत वा कसैको पनि अतिक्रमण वा थिचोमिचो किमार्थ स्विकान नसकिने बताएका छन् । उनले यसमा हामी एक र अबिचल छौ । सबैले राम्ररी बुझोस् भनेर सचेत समेत गराएका छन् ।

 

उनको ट्वीटः बिश्वमा साम्राज्यवादी उपनिवेशवाद हावी हुँदा र छिमेकी देशहरु उपनिवेश हुँदा समेत कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नभै सार्वभौम र स्वतन्त्र रुपमा ठिङ्ग खडा भएको देश हो नेपाल । भारत वा कसैको पनि अतिक्रमण वा थिचोमिचो हामी किमार्थ स्विकार्दैनौं।यसमा हामी एक र अबिचल छौ।सबैले राम्ररी बुझोस् ।