राजनीति

नेता किनेर भारतको वर्षौंदेखी नेपाललाई हेप्ने प्रवृतिको अब अन्त्यः प्रवक्ता आचार्य

काठमाडौं । साझा विवेकशिलका प्रवक्ता सुर्यराज आचार्यले नेपालका केहि नेतालाई किनेर भारतले नेपाललाई हेप्ने प्रवृतिको अब अन्त्य भएको बताएका छन् ।

भारतले नेपालका केही दल र दलभित्रका केही नेतालाई रिझाएर नेपाल प्रति हेपाहा नीति अख्तियार गर्ने छिमेकीको बर्षौं देखिको कार्यले काम नहुने बताए ।

सामाजिक सञ्जालमा एक ट्वीट गर्दै उनले नेपालसंगको सम्बन्ध सुमधुर बनाउन आम नेपाली नागरिकको भावना बुझ्न र सम्बोधन गर्न जरुरीरहेको बताएका छन् ।

उनको ट्वीटः नेपालका दल र दलभित्रका केही नेतालाई रिझाएर नेपाल प्रति हेपाहा नीति अख्तियार गर्ने छिमेकीको बर्षौं देखिको काइदाले अब काम गर्दैन । सम्बन्ध सुमधुर बनाउन आम नेपाली जनताको भावना बुझ्न, र सो अनुसार सम्बोधन गर्न जरुरी ।