आर्थिक

राजाका पालाका मन्त्री समेत रहेका व्यवसायी रुप ज्योति पक्राउ

काठमाडौं । ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको जानकारी दिए । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि लागेको छ ।