राजनीति

लिपुलेक/कालापानी विवादमा देउवाको भारतसंग सीधा फोन, ओली नबोलेकोमा कम्युनिष्टहरुको काँग्रेस प्रवेश गर्ने तयारी

काठमाडौं । नेपाली काँग्रेसले आधिकारिक रुपमा विज्ञप्ती नै जारी गर्दै कालापानी, लिपुलेक लगायतका भारतले नयाँ नक्सामा राखेका स्थानहरु नेपालको भनेर बताएको भएपनि आज सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई फोन गरी कालापानी लिपुलेक नेपालको भएको र उक्त भुभागको नक्सा भारततिर पारिएकोमा आपत्ती जनाएका छन् । सभापति देउवाले नक्सा परिवर्तनप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताउँदै उक्त नक्सा सच्याउन आग्रह गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

माउबाटी काँग्रेस, भातृसंस्था तरुण दल, नेवि संघ, महिला संघ लगायत लिपुलेक र कालापानी भारतले लगेको भन्दै ब्यापक उरिोधमा उत्रिएका बेला नेकपा नेतृत्वको दुईतिहाई मतको सरकार भने एउटा बिज्ञप्ती प्रकाशन गरेर कालापानी र लिपुलेक नेपालको हो भनेर बसेको देखिन्छ । स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्बाचन अगाडी निकै राष्ट्रियताको कुरा गर्ने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोलेर कडा अभिब्यक्ती दिनुपर्ने भएपनि मौन देखिएका छन् ।

नेपाली काँग्रेसलाई भारतको नजिकको पार्टी भनेर कम्युनिष्टहरुले मिडियामा हल्ला गरे पनि आज सो पार्टीका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई फोन गरी बिरोध जनाउनुले देशभरका बिभिन्न चियापसलमा सभापति देउवा कम्युनिष्ट सरकारभन्दा बढि राष्ट्रबादी रहेछ भन्दै सर्बसाधारणहरु हिँड्न थालेका छन् । सर्बसाधारण त हिँड्दैछन् स्यम् नेकपाका कार्यकर्ताहरु आफ्नै सरकारसँग रुष्ट हुंदै भारतसंग लेपासिएको भन्दै कतिपय स्थानमा काँग्रेस प्रवेश गर्ने तयारीमा रहेको नाम नभन्ने शर्तमा नेकपाका एक नेताले सुर्यखबरलाई बताए ।

काँग्रेसलाई भारतीय सरकारसंगको नजिकको पार्टी भनेर कम्युनिष्ट पार्टीमा लाग्नु महाभूल रहेछ, तयो गल्ती म चैं सच्याउछु, बरु काँग्रेसमा प्रवेश नै गरिन भने स्वतन्त्र रहन्छु तर आजबाट कम्युनिष्ट चै रहन्न्न उनले भने । आपूजस्ते विश्वभर नेपालको माया गर्ने भनेर कम्युनिष्टलाई चिन्नेहरुले धोका पाएको अनुभूनि गरेका हनसक्ने उनको अनुमान छ । कतिपयले त उनलाई भनिपनि सकेका छन् ।