समाचार

प्रसाईंको प्रश्नः लिपुलेकमा झण्डा गाड्ने विद्यार्थि आज भारतले कालापानी मिच्दा कहाँ लुके ?

काठमाडौं । नागरिक अभियान्ता रमेश प्रसाईंले भारतले नेपाली भुमि हडप्दा समेत नेपाल सरकार लाचार बन्दै डराएर बसेको बताएका छन् । हिजो लिपुलेकमा झण्डा गाड्ने विद्यार्थिहरु आज भारतले कालापानि मिच्दा कहाँ लुकेर बसेका छन् भन्दै उनले प्रश्न समेत गरेका छन् ।

हिजो निवर्नचनका बेला सानो वा ठुलो राष्ट्रको सार्वभौमिकता बराबर हुन्छ, राष्ट्रको स्वाभीमान हुन्छ, र त्यस्लाई सुनिस्चीतता गराएरै छाड्छौं भन्दै भाषण ठोकेर जनताको मन जित्ने नितीनिर्माताहरु आज मुलुकककै अस्मिता हराउँदा समेत किन मौन धारण बसेका छन् ? भन्दै प्रशन गरेका छन् ।

एक कार्यक्रममा बोल्दै उनले पटक– पटक भारतीय प्रधानमन्त्री मोदी नेपाल आफ्नै भुमिमा आउँदा समेत आँखा जुधाएर १८१६ कोे सुगौलि शन्धिमा स्पष्ट लेखिएको नेपालको भुमीमाथि किन बारम्बार गिद्धे नजर लगाउछौ भनेर प्रश्न गर्न नसक्नेलाई बोक्रे राष्टवादीको संज्ञा दिएका छन् ।

नेपालको लिपुलेक र कालापानी समेटेर भारतले नयाँ नक्सा सार्वजनीक गरेको प्रति आपक्ति जनाउँदै उनले यस्तो बनाएका हुन् । उनले बिभिन्न बहानामा सडक आन्दोलमा उत्रने विभिन्न पार्टी आवद्ध विद्यार्थि संगठन आज कहाँ लुकेर बसेका छन् ? भन्दै प्रश्न समेत गरेका छन् ।

साथै उनले आफनो मुलुकको अस्मिता जोगाउन सक्दैनन भने विभिन्न नेतृत्वहरुले आफ्नो पदबाट नैतिकताको राजीनामा दिनुपर्ने बताएका छन् । चुनावका बेला मुलुकको लिपुलेक कालापानि भारतले लग्यो भन्दै हल्ला गर्दै हिँडने आज कहाँ गए भन्दै प्रश्न गरे ।

उनले भारतले लगाएको नाकाबन्दीको बेला बिरोधमा आवाज उठाएकाले त्यतिबेला भारत सरकार नाकाबन्दी खोल्न बाध्य भएको बताउँदै आज पनि कालापानि र लिपुलेक बचाउनु छ भने फेरी एक पटक जोडदारका साथ हातेमालो गर्दै आवाज उठाउन जरुरी रहेको बताए ।