राजनीति

लिपुलेक/कालापानी आफ्नो नक्सामा पारेर भारतले सीमाभन्दा बढी नेपाललाई हेप्योः नेता भण्डारी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले तुरुन्त नेकपा सरकारले भारतीय पक्षसँग कुटनीतिक कुरा गरी लिपुलेक, कालापानी लगायतका भारतीय नक्सामा परेका नेपालका भूभाग नक्साबाट हटाउन लगाउनुपर्छ भनेका छन् । छिमेकीसँग अशल बन्नुपर्ने सिकाएपनि नेपालीहरुलाई सीमाभन्दा बढी नेपालप्रतिको हेपाईले दुःख लागेको भनेका छन् । उनले विश्वरंगमञ्चमा प्रकाश छरिरहेको नेपाललाई भारतले हेप्ने, पेल्ने, मिच्ने र मन दुखाउने काम गर्नु हुदैन भन्दै सल्लाह पनि दिएका छन् ।

उनले भनेका छन्, ‘लिपुलेक/कालापानी लगाएतका भूमी नेपालको हो। सरकारको प्रमुख काम देशको सुरक्षा हो ।अपमानको पनि हद हुन्छ । नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरी नेपालको भुभाग भारतको नक्शाबाट हटाउन लगाउनु पर्छ। पुर्विय दर्शनले सहयोग, संरक्षण र छिमेकीसंग असल सम्वन्ध सिकाएको छ । तसर्थ विश्व रंगमञ्चमा आफ्नो पहिचानलाई प्रकाश छरिरहेको भारतले छिमेकी लाई हेप्ने, पेल्ने, मिच्ने र मन दुखाउने काम गर्नु हुदैन ।’