अन्तर्राष्ट्रिय

ताजकिस्तानमा झडप, सत्रको मृत्यु

एजेन्सी । उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ ।

उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ । आक्रमण र त्यसपछिमा झडपमा सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ ।