राजनीति

गगनको सिंगापुरबाट ट्वीट्ः राष्ट्रियतासंग जोडिएको लिपुलेक/कालापानीको बिषयमा सबै एकजुट हौं

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले परराष्ट्र मन्त्रालयले लिपुलेक-कालापानीको वारेमा सरकारको आधिकारिक धारणा सार्बजनिक गर्नुको प्रशंसा गरेका छन् । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका युवा नेता थापाले राष्ट्रिय अस्मीतासंग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाँउ हुनुपर्छ भन्ने धारणा राख्दै त्यसको लागि संयोजनकारी भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । नेता थापाले देशको अस्मीतासंग जोडिएको बिषयमा तीन करोड नेपाल एक हुनुपर्ने धारराा राख्दै त्यसको नेतृत्व नेकपा सरकारले गरोस भन्ने चाहना दर्शाएका छन् । काठमाण्डौ क्ष्ेत्र नम्बर ४ का प्रत्यक्ष साँसद पनि रहेका गगन अध्ययनका लागि तिहारबाट सिंगापुरमा छन् ।

उनी भनछन्, ‘परराष्ट्रमन्त्रीज्यू लिपुलेक(कालापानीको वारेमा सरकारले धारणा सार्वजनिक गरेर ठिक गरेको छ। अव अग्रसरताको खाँचो छ। राष्ट्रिय अस्मीतासंग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाँउ हुनुपर्छ। प्रधानमन्त्रीज्यू फराकिलो भएर भारतको एकपक्षीय निर्णयविरुद्ध सवैलाई एकठाँउमा उभ्याउन पहल गर्नुहोस्।‬’