समाचार

लिपुलेक र कालापानी आफ्नो बनाएपछि लागे सडकमा ‘गो ब्याक इण्डिया’का नारा

काठमाण्डौ । भारतले लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा पारेपछि राजधानीमा भारत बिरुद्ध नेकपा र काँग्रेस सम्बद्ध बिद्यार्थीहरु बिरोधमा उत्रिएका छन् । राजधानीमा राष्ट्रिय मुद्धा परेकाले सबै राजनीतिक दलका भातृसंस्थाहरु उक्त कुराको बिरोधमा एकजुट देखिएका छन् । बिद्यार्थीहरुले ‘गो ब्याक ईन्डिया’ जस्ता नाराहरु लगाईरहेका छन् ।

हिजोबाट प्रतिपक्ष दल लगायतका नेताहरुले लिपुलेक र कालापानी भारतीय भुभागमा पारेकोमा बिरोध जनाएका छन् भने नेकपा अध्यक्ष पुष्पकमल दहालले कुटनीतिक तवरबाट उक्त समया समाधान गर्नुपर्ने बताएका छन् । ओली सरकारले भने सरकारको आधिकारिक धारणा ल्याएको छैन ।