गण्डकी प्रदेश

रवीन्द्र पत्नीसंगको प्रतिष्पर्धामा कास्की २ मा उतार्यो काँग्रेसले पौडेल, जित्लान त !

काठमाण्डौ । नेपाली काँग्रेसले कास्की २ बाट खेमराज पौडेललाई टिकट दिने भएको छ । केन्द्रीय सदस्य धनराज गुरुगं उक्त क्षेत्रबाट स्थानीय ब्यक्तीलाई टिकट दिनुपर्ने भन्दै पछि हटेपछि पौडेललाई टिकट दिन सभापति शेरबहादुर देउउवाले प्रस्ताव गरेका हुन् ।

सभापति देउवाले पौडेललाई प्रस्ताव गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला बाहिरिएका छन् । लामो समयदेखी टिकट बितरण कसर्लाए गर्ने भन्ने देखिएको बिबाद अन्त्य भएपनि पार्टीले स्व रवीन्द्र अधिकारीकी पत्नी बिद्या भट्टराईसंग प्रतिष्पर्धा गर्नेगरी पौडेललाई छानेको छ । नेता गुरुगंलाई टिकट दिने हल्ला चल्दा बाहिरको मान्छेलाई टिकट दिन नहुने कुरा सतहमा आएपछि नेता गुरुग निर्बाचनको प्रतिष्पर्धाबाट बाहिरिएपछि सभापति देउवाले पौडेललाई टिकट दिएका हुन् ।