राजनीति

महराजीले रोशनी बलात्कार काण्डमा गल्ती गरेकै हुन्, मलाई पनि ढाँटेः अध्यक्ष दहाल

काठमाण्डौ । कृष्ण बहादुर महरा नैतिकताको रुपमा गल्ती गरेको बताएका छन् । कृष्ण बहादुर महराले आफूलाई पनि ढाँटेको बताउँदै अन्य प्रकारको गल्ती भन्दा पनि राजनीतिक बिषयमा अदालती प्रकृयामा भएकोले बोल्न नहुने बताएका छन् । महराजीको कहीँ न कहीं गल्ती भएको दाबी गरेको छन् ।

उनले अर्का अध्यक्ष केपी शर्मा ओलीसंग सललाह गरेर स्वतन्त्र रुपमा छानबिन गर्नुपर्ने बताउँदै मिडियामा आएजस्तै हो त भनेर जोखबहादुर महरा र नारायणकाजी श्रेष्ठलाई बुझ्न पठाएको र मिडियामा छरपष्ट रुपमा आएपछि आफूले बुझ्दा आफैंले सोध्दापनि साँचो कुरा आफूलाई नभनेको बताए। जे हो त्यो जस्ताको तस्तै भन्नु भन्दाखेरी उहाँले आफूले केशलाई गम्भीर ढंगले सहयोग नगरेको दाबी गरेका छन् ।

मैले नैतिकतासम्बन्धी कुरा उठीसकेपछि तपाईले गल्ती गरेको नै हो भने तपाईले राजीनामा दिनुपर्छ भन्दा उक्त कुरा भने सहजै मानेर सभामुखबाट मानिएको दाबी भने उनले गरेका छन् । महरा अदालतको आदेशले डिल्लीबजार जेलमा हिराशतमा रहेका छन् ।