समाचार

कास्कीबाट आफूलाई भन्दा स्थानीयलाई टिकट दिन पार्टी केन्द्रलाई धनराजको आग्रह

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले नेपाली काँग्रेसको तर्फबाट कास्कीमा उनको उमेर्द्वारीबारे आफू नउठ्ने बताएका छन् । कास्की क्षेत्र नम्बर २ मा रवीन्द्र अधिकारीकी श्रीमती बिद्या भट्टराई निर्बाचन लडिरहेको बेला काँग्रेसले उनको प्रत्याशीका रुपमा उक्त क्षेत्रमा धनराज गुरुगंलाई निर्बाचन लडाउने बताईरहेका बेला नेता गुरुगंले आफू नउठ्ने स्पष्ट गरेका छन् । नेता गुरुगंले स्थानीय नेतालाई निर्बाचन लड्न नदिई बाहिरका मान्छेलाई टिकट दिने प्रणली राम्रो नभएको भन्दै उक्र कुराको बिरोध समेत गरेका छन् ।

उनले पार्टीभन्दा ब्यक्ती कहिले माथी हुन नसक्ने भन्दै आफूले आफ्नो स्पष्ट धारणा काँग्रेस बैठकमा राखिसकेको बताएका छन् । 

उनको स्टाटस्ः
‘मेरो उमेदवारीको चर्चा बारे !
उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा मलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाको संदर्भमा पदाधिकारी बैठकमै उपस्थित भएर मैले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेकोछु ! पार्टी भन्दा व्यक्ति माथी कहिल्यै हुन सक्दैन।
जय नेपाल !’