खेलकुद

एमसीसीविरुद्व नेपालको फस्ट क्लास क्रिकेट आजबाट

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्व नेपालको तीन दिवसीय (फस्ट क्लास) क्रिकेट आज (बुधबार) सुरु हुदैछ ।

नेपाल भ्रमणमा रहेका एमसीसीसंग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुनेछ ।

नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।

करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो । अन्तिम पटक नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो ।

त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन । नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसंग एकदिवसीय क्रिकेट खेलेको थियो ।

उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसंग भने पराजित भएको थियो । लगत्तै एमसीसीले मिक्स टिम सहित यू–१९ टिमसंग र पोखराको टिमसंग टी–ट्वान्टी म्याच खेल्नेछ ।