राजनीति

जितजंग जंगिएः लिपुलेक/कालापानीबारे मौन बसेर ओली सरकार जनताका अगाडि नांगिएन र?

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले भारतको नक्सामा नेपालको भुभाग कालापानी र लिपुलेकलाई पारेर निकालिएको नक्साको बिषयमा नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार मौन बसेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ती प्रकाशन गर्दै तरुण दललाई नेपालको एमकुठ्ठी माटोपनि कसैले लगेमा ममान्य नहुने बताउँदै कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कुटनीतिक पहल तत्काल सुरु गरोस् भनेका छन् ।
अध्यक्ष बस्नेतले जनताका अगाडी राष्ट्रबादीकको परिचयले चिनाउन खोज्ने ओली सरकारले गम्भीर बिषयमा नबोलेर नेपाली जनताको अगाडी नाँगीएको समेत उनको दाबी छ ।

उनले विज्ञप्तीमा भनेका छन्, “नयाँदिल्लीले भर्खरैमात्र नेपालका भुभागहरु कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचार प्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने तीन करोड नेपाली जनताको आत्मामा चोट पुग्ने बिषय आउँदा समेत राष्ट्रबादी नामले नेपाली जनताका सामु चिनाउन खोज्ने केपी शर्मा ओली नेतृत्वको सरकार किन मौन भन्ने कुरामा तरुण दल अत्यन्दै दुःखी भएको अवगत गराउन चाहन्छ ।

नेपाली जनताको चाहनाबमोजिम उक्त भुभागबारे ओली सरकारको आधिकारिक धारणा सार्बजनिक गर्न माग गर्दै नेपालको एकमुठ्ठी माटोपनि कसैले लगेमा तरुण दललाई मान्य हुंदैन । कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कुटनीतिक पहल तत्काल सुरु गरोस् ! !जय नेपाल जय तरुण!!!”