पु.समाचार

सरकारको पहिलो कर्तव्य भनेको भौगोलिक अखण्डताको रक्षा गर्नु होः नेता रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले सरकारको पहिलो कर्तव्य भनेको मुलुकको भौगोलिक अखण्डताको रक्षा गर्नु रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता रावलले नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति जनाउनु पर्ने बताएका छन ।

साथै भारतकोयस कदमबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ ।भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।