राजनीति

काँग्रेसको राष्ट्रबादी प्रश्नः कालापानी/लिपुलेकबारे जनतालाई सरकारको धारणा स्पष्ट गर्न ढिला किन?

काठमाण्डौ । नेपाली काँग्रेसकाप्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक लगायतका स्थान भारतले नयाँ नक्सामा पारेको कुरामा काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रवक्ता शर्माले कालापानी र लिपुलेक नेपालका अभिन्न अंग भएको भन्दै त्यसको पहलकदमी लिँदै भारत सरकारबारे नेपालको आधिकारिक धारणा प्रश्तुत गर्न नेकपा दुईतिहाई मतको सरकारलाई सचेत गराएका छन् । उनले नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य भएको दाबी गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा उक्त बिषयमा लेखेको स्टाटस् जस्ताको तस्तैः ‘जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !

कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् ‘नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् , नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !