सामाजिक सञ्जाल

गुरुङको मध्यरातमा ट्वीटः छातीमा गोली स्वीकार्छु तर भारतले एकचिम्टी माटो लगेपनि स्वीकार्दिन

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भएको ठोकुवा गरेका छन् । उनले आफूले छातीमा गोली थाप्न तयार हुने तर नेपालको एक मुठ्ठस् माटोपनि नेपालबाट बाहिर गएको कुनै हालतमा स्वीकार गर्न नसक्ने बताएका छन् । राती ११ बजेपछि गरिएको फेसबुक सटसमा नेता गुरुगंले परिवर्तन गरिएको नेपालको माटो भारतमा पारिएको भारतको नक्सालाई सच्याएर तुरुन्त हटाउन कुटनीतिक पहल थाल्न नेता गुरुगंले आग्रह समेत गरेका छन् ।

उनको ट्वीट्ः लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो। छातीमा हानेको गोली स्वीकार गर्छु तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अतिक्रमण गरेको कदापी स्वीकार्दिन। नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरेर उक्त नेपालको भुभाग भारतको नक्शाबाट हटाउन लगाउनु पर्छ।