आर्थिक

न्यूहोलण्ड निर्माण उपकरण खरिदमा ज्योति विकास बैंकमार्फत कर्जा सुविधा

काठमाण्डौ । ज्योति विकास बैंक र राशी अटो मोबाइल्सबीच मंगलबार १९ गते सम्झौता भएकोछ। सम्झौता अन्तर्गतराशी अटो मोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यूहो लण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंक मार्फत सहज रुपमा कर्जाप्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महा प्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटो मोबाइल्सको तर्फबाट राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुनराना भाटले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतापश्चात ज्योति विकास बैंकबाट न्यूहोलण्ड ब्राण्डका निर्माण उपकरणहरु ग्राहक वर्गहरुलाई सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटैशाखाबाट उक्त कर्जासेवाको लाभ लिन सकिनेछ।

निर्माण क्षेत्रमा न्यूहोलण्डका निर्माण उपकरणहरुले गुणस्तरिय प्रदर्शनर उत्कृष्ट सेवा मार्फत नेपाली मन जित्न सफल भएकोछ। सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। राशी अटो मोबाइल्सले देशभर फैलिएकोआफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई विक्री पश्चातको सेवा दिंदै आएको छ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम् मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेकोछ। साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप २५ स्थानबाट समेत एटिएम् मार्फत सेवा प्रदानगर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजार भन्दाबढि खाताबाट ३० अर्ब भन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई २६अर्वभन्दा बढि लगानी गर्न सफल भएकोछ।