आर्थिक

सानिमा दीर्घायु बचत तथा तलब खाता

काठमाण्डौ । सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्यपरिक्षण तथा बीमासुरक्षणसुविधा सहितकोसानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधालिन सकिने छ ।साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमासुविधालिन सकिने छ ।त्यसै गरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सकिने छ।

यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैया बीमा तथा पच्चीस हजारको मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।
बंैकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ ।

बीमा सम्बन्धी थप जनकारीको लागि नजिकैको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुनेछ वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गर्न सक्नेछन् । सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।