राजनीति

कालापानी, लिपुलेक भारतको नयाँ नक्सामामा देखिएको भन्दै राप्रपाका अध्यक्ष थापाले गराए सरकारलाई सचेत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले हालसालै जारी गरेको नयाँ नक्सामा नेपाल को पनि भुभाग परेको देखिएको भन्दै आपक्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत अध्यक्ष थापाले नेपालको कालापानी, लिपुलेक भारतीय सरकारले आफनो नस्सामा पारेको भन्दै सरकारको ध्यान आर्कषण गराएका छन् ।

साथै कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि भएको र भारतले सो भूभाग अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको उनले ट्वीटरमा उललेख गरेका छन् ।

उनको ट्वीटः कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ । हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न
को ध्यान जाओस् ।