खेलकुद

थाइल्याण्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फिर्ता

काठमाडौं । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएका छन् । झन्डै एक महिना थाइल्याण्डमा विशेष प्रशिक्षण गरेर नेपाली टिम सोमबार साँझ नेपाल आईपुगेका छन् ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएका थिए ।

नेपाली टिम असोज २९ गते थाइल्याण्ड प्रस्थान गरेका थिए । नेपालले बैंककमा थाइल्याण्डको राष्ट्रिय टिम, जापानको उमेर समूह, युनिभर्सिटी लगायतका विभिन्न टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ४ जित र ३ हार व्यहोरेको थियो ।

अब नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।