बाग्मती

साझा पार्टीअध्यक्ष मिश्रद्वारा चुनावी अभियान शुरु

भक्तपुर । साझा पार्टीले चुनावी अभियान शुरु गरेको छ । साझा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रले आजबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ को ९क० मा निर्वाचन अभियान शुरु गरेका हुन् ।

चाँगुनारायण–२ दुवाकोटका पार्टीका जिल्ला अध्यक्ष सुरज प्रधानलाई उम्मेदवार बनाएपछि चुनावी अभियान शुरु गरिएको हो । चुनावी अभियानका क्रममा दुवाकोट केएमसि चोकबाट ¥याली शुरु गरिएको थियो । ¥याली पुरानो गाविस भवन, चाँगुमावि चोक, सरस्वती खेललगायतका क्षेत्रमा परिक्रमा गरेको थियो ।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुवाकोट चोक र चाँगुमावि चोकमा भएको कोणसभामा अध्यक्ष मिश्रले अहिलेसम्म सत्ता चलाएका दलहरुले जनताको भावना अनुसार परिवर्तन गर्न नसकेको आरोप लगाए । पार्टीका केन्द्रीय सदस्य केशव दाहाल, प्रदेश नं ३ का संयोजक समीक्षा बाँस्कोटा, युवा सङ्गठनका संयोजक अब्दुस मियाँ, कालीचरण कार्कीलगायत उपस्थित थिए ।