राजनीति

गोर्खा आर्मीलाई न्याय दिन ओली र वेलायत सरकार बिरुद्ध उत्रन काँग्रेस तयारः सहमहामन्त्री डा महत

काठमाण्डौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतले कम्युनिष्टले सरकारबाहिर हुँदा ब्रिटिस आर्मी रोक्ने भन्ने तर सरकारमा गएपछि केहीपनि नगर्ने देखिएको भन्दै उक्त कुरा ठीक नभएको बताएका छन् ।

भुतपुर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रभावसाली नेता डा.प्रकाशशरण महतले आफू परराष्ट्रमन्त्री भएका बेला वेलायती सेनामा नेपाली र भारतीयलाई भर्ना गर्दा बराबरी हैशियतमा रहन चिठी नै लेखेर पठाएको बताएका छन् ।

आफूले ब्रिटिस गौर्खाको तलmव, पेन्सन, सुबिधा आदि कुनैपनि कुरामा भेदभाब नगर्ने कुरामा सरकारका तर्फबाट त्यसबेला काम गरेको र अहिले काँग्रेसले पनि ब्रिटिस गोर्खाका पक्षमा सरकारसंग लविगं गर्न तयार रहेको बताए । अहिलेको दुईतिहाई मतको सरकारले जे गर्दापनि हुन्छ भन्ने सोच बनाएको आरोप लगाउँदै वेलायतले नेपालीलाई माया गरेर भर्ना गराएको भन्दा गोर्खा आर्मीले वेलायती सेना भन्दा राम्रो गर्ने ठानेर भर्ना गरेको बताए । उनले वेलायती राजकुमारले गोर्खा आर्मीका बारेमा गरेको प्रशंसा नै यसको नजिर भएको उनले बताए ।

उनले नेपालमा बस्दा बेलायती सरकारले सुबिधा दिने तर नेपाल बस्दा नदिने भन्नेपनि अन्याय रहेको बताए । उनले वेलायती गोर्खा आर्मीलाई परेका अन्यायका बिरुद्धमा काँग्रेस सदैब लागिरहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।