समाचार

महरालाई अन्ततः पुर्पक्षका लागि जेल चलान गर्ने अदालतको आदेश, डिल्लीबजार जेलमा रहने

काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको आदेशले पुर्व सभामुख कृष्ण बहादुर महरालाई जेल हाल्न आदेश दिएको छ । महराबिरुद्ध तीनकुने बस्ने संसदसचिवालयकी कर्मचारी रोशनी शाहीमाथी बलात्कार गरेको अभियोगमा फैसला गर्दै न्यायाधीश श्रेष्ठको एकल ईजलासले पछि दोषी देखिएमा त्यसैअनुसार सजाय भुक्तान गर्नेगरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

दशैं अगाडीदेखी नै अनामनगर प्रहरीको हिराशतमा रहेका महराको थुनछेकको बहस सकिएपछि आदेश दिँदै काठमाण्डौ जिल्ला अदालतले उक्त आदेश दिएको हो । मुलुकी फौजदारी संहिता ८० बमोजिम महरालाई उक्त आदेश गरिएको बताईएको छ ।