राजनीति

नेकपाद्वारा सातै प्रदेशका प्रमुखका लागि नाम सिफारिस, बरिष्ठ नेता नेपाल रुष्ट

काठमाण्डौ । नेकपाको सचिवालय बैठकले हिजो पदमुक्त गरेपछि आज प्रदेश प्रमुखहरुको नाम पिसफापिरस गरेको छ उक्त सिफारिसप्रति नेकपाका बरिष्ठ नेता माधबकुमार नेपालले भने असहमती जनाएका छन् । मन्त्री परिषदमा लगेपछि सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने ब्यबस्था छ । सिफापिरसमा परेकाहरु अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस परेका छन् । नेकपा महासचिव विष्णु पौडेलले उक्त कुरा बताएका छन् ।

हिजो सरकारको सिफारिसमा नै राष्ट्रपति बिद्यादेवी भण्डारीले काँग्रेसले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरु हटाएकी थिईन् ।  सिफासिमा परेकाहरुको नियुक्ती आजै मन्त्रीपरिषद बैठक बसेर नियुक्ती हुने अनुमान छ ।