प्रदेश 1

तीलक राईको माहौल बनाउन धरानमा हजारौं कार्यकर्ता परिचालित, स्थानीय नेकपा अत्तालियो

धरान । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसले धरानमा वृहतरुपमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम शुरु गरेको छ ।

वडा दशै सकिए लगत्तै घरदैलो गर्दै मतदाता भेट्घाट गरेको कांग्रेसले आईतबार चुनाव लक्षित वृहत रोड शो (सडक प्रर्दशन) गरेको छ । धरान वडा नम्बर १३ जिरो प्वाइन्टदेखि बरगाछीसम्म कांग्रेसले बृहत रोड शो गरेको हो । रोड शोमा चुनावी प्रचारप्रसारसहित प्रदर्शनमा नेपाली कांग्रेसमा आवद्ध हजारौं कार्यकर्ता सहभागी भएका थिए ।

कांग्रेसको पक्षमा धराने जनताको राम्रो उपस्थिति देखिएको समेत काङ्ग्रेस स्थानीय  नेतृ मनिता घिमिरेले बताइन् । उनले भनिन, ‘नेकपाले धरानमा बिगत तीन दसक र्देखि चुनाव जित्दै आएको छ, तर विकास भने शून्य जस्तै छ, धराने जनता नेकपादेखि दिक्क भएका छन ।’ धराने जनता मतदान गर्न नजाने मनस्थितिमा समेत रहेको उनले बताइन् ।

अघिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेका वडाहरुको बिकास तिब्र रुपमा भएको देख्दा चाहिँ काङ्ग्रेस प्रती धराने जनतालाई केही आसा पलायको छ।त्यसैले यसपाली कांग्रेसलाई जिताएर धरानको काचुली फेर्ने इच्छा जागृत भएकोछ यहाँका जनतामा। तेसैले नेपाली कांग्रेसले धरानमा सभापति तिलक राईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ भने नेकपा वाट प्रकाश राई लाई उठाएको छ।