पु.समाचार

कांग्रेस सभापतीद्वारा सुकुटे बस दुर्घटनामा मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले हिजो सुकुटेसुकुटे नजिकै सुनकोसी नदिमा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् ।

फेसबुकमा एउटा स्टाटस लेख्दै सभापती देउवाले आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका छन् ।

उनले दुर्घटनामा घाईते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

दुर्घटनाका घाइतेहरूको निशुल्क उपचार गर्न र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकार संग माग गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सरकार र सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गराएका छन् ।