सामाजिक सञ्जाल

दुई तिहाईको ओली सरकारले हुकुमी शासन चलायोः साहित्यकार संग्रौला

काठमाडौं ।  लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले वर्तमान ओली सरकारले मुलुकमा हुकुमी शासन चलाएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत साहित्यकार संग्रौलाले सरकारले एकै साथ सातै प्रदेशको प्रदेश प्रमुख वर्खास्त गरेको प्रसंग तिर ईङगीत गर्दै यस्तो उल्लेख गरेका छन् ।

साथै उनले सरकारलाई यिनको नियुक्ति नीति र विधि विपरीत भए नियुक्तिकर्ता शेरबहादुर देउबा दण्डित हुनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

उनले ट्वीटरमा सात प्रदेश प्रमुख भेडाबाख्राझैँ एकसाथ निकालिए । के एकसाथ यिनको नैतिक पतन भाथ्यो वा यी एकसाथ बौलाएका थिए ? भन्दै प्रश्न गरेका छन् ।

साथै उनले अब नेकपा डबलका ७ थान भेडाबाख्रा सट्टाभर्ना होलान, हुकुमी शासन यस्तैलाई भनिन्छ, हैन भन्दै व्यङग्य पनि गरेका छन् ।

उनको ट्वीट्ः यिनको नियुक्ति नीति र विधि विपरीत भए नियुक्तिकर्ता देउबा दण्डित हुनुपर्ने हो।सात प्रदेश प्रमुख भेडाबाख्राझैँ एकसाथ निकालिए । के एकसाथ यिनको नैतिक पतन भाथ्यो वा यी एकसाथ बौलाएका थिएरुअब नेकपा डबलका ७ थान भेडाबाख्रा सट्टाभर्ना होलान् । हुकुमी शासन यस्तैलाई भनिन्छ, हैन र मान्यवररु ।