राजनीति

प्रदेश प्रमुखको नियुक्ति र बर्ख़ास्ती दुवै वास्तविक संघीयताका मर्म विपरितः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान सरकार संघियता बिपरीत चलेको आरोप लगाएका छन् ।

प्रदेश प्रमुखको नियुक्ति र बर्ख़ास्तगी दुवै वास्तविक संघीयताका मर्म विपरित र दलीय र बरस्टाम्पका प्रतीक भएको बताएका छन् ।

हिजो मात्र सरकारले शेरबहादुर देउवा नेतृत्वको पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई एकैसाथ वर्खास्त गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस कारण वर्तमान ओली सरकारको सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टी भएको बताएका छन् ।

साथै उनले सरकारको यस्तो हर्कत प्रति सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भीर बन्न जरुरी रहेको उल्लेख गरेका छन् । जनयुद्ध, मधेस र जनजाति, थारू, दलित आन्दोलनकारी एक हुने बेला आएको उनले बताएका छन् ।

उनको ट्वीटरः प्रदेशका गभर्नरको नियुक्ति रबर्ख़ास्तगी दुवै वास्तविक संघीयताका मर्म विपरित र दलीय रबरस्टाम्पका प्रतीक छन् ।

वर्तमान सरकारको एकमनावादी,एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टी भएको छ । सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भीर बनौं१जनयुद्ध,मधेसरजनजातिरथारूरदलित आन्दोलनकारी एक होऊँ ।