अन्तर्राष्ट्रिय

समयतालिका अनुसार नै सीओसी अघि बढ्दैः ली ख छ्याङ

एजेन्सी । चीनका प्रधानमन्त्री ली ख छ्याङले चीन र आशियान मुलुकहरूको साझा प्रयासमार्फत दक्षिण चीन महासागरको परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको बताएका छन् ।

उनले आइतबार थाइल्याण्डको बैंककमा चीन र आशियान राष्ट्रका सदस्यहरूको शिखर सम्मेलनमा सहभागी हुँदै उक्त कुरा बताएका हुन् । गत वर्ष उहाँले तीन वर्षभित्र दक्षिण चीन महासागर कारवाई नियम (सीओसी) सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

करिब एक वर्षको छोटो समयमा विभिन्न पक्षहरूले निर्धारित समय अगावै पहिलो चरणको कार्य सिध्याएर दोस्रो चरणको कार्य आरम्भ गरेका छन् ।

विभिन्न पक्षहरूले निर्धारित समयतालिका बमोजिम सक्रियताका साथ आपसी छलफललाई अघि बढाएर सन् २०२० को अन्त्य हुनुअघि दोस्रो चरणको कार्यलाई सिध्याउन सक्ने आशा पनि उनले व्यक्त गरेका छन् ।