खेलकुद

एमसीसीविरुद्व नेपाल भिडदैः नयाँ कप्तानको परिक्षा

काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसीले आज (सोमबार) दोस्रो खेल खेल्दैछ । एमसीसीले नेपाल भ्रमणको दोस्रो एक दिवसीय खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमविरुद्व खेल्न लागेको हो ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा पहिलो मैदान उत्रदैछ । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् । राष्ट्रिय टिमले एमसीसीसंग ५० ओभरको खेल खेल्नेछ । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

खेल अघि संक्षिप्त प्रतिक्रिया दिदै कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्न खेलाडीहरु निकै उत्साहीत रहेको बताएका थिए । पलिहो खेलमा एमसीसीले नेपालको यू–१९ टिमलाई ३८ रनले हराएको थियो ।

लगत्तै एमसीसीले नेपालसंग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्नेछ । नेपाली क्रिकेटको बिकासका लागि तयार गरिएको लिगेसी टूर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो ।