राजनीति

प्रदेश प्रमुख हटाएर ओली सरकारले काँग्रेससँग सहकार्यको राजनीतिको बाटो बन्द गर्योः डा कोईराला

काठमाण्डौ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले उप निर्बाचनको आचारसंहिता लागिसकेपछि सातै प्रदेशका प्रदेश प्रमुखहरु हटाएर नेकपा सरकारले सहकार्यको राजनीतिको ढोका बन्द गर्ने काम गरेको बताएका छन् ।

सरकारको सिफारिसमा आज राष्ट्रपति बिद्यादेबी भण्डारीले सातै वटा प्रदेशका प्रमुखलाई हटाएर काँग्रेसलाई झनै गम्भीर बनाएको बताएका छन् । दुईतिहाईको दम्भमा ओली सरकारले संघीयता असफल बनाउँदै राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्दै सरकार अधिनायकबाद तर्फ अगाडी बढिरहेको प्रष्ट बाटो देखाएको विचार राखेका छन् ।

प्रभावशाली नेता कोईराला भन्छन्, उप-निर्वाचनको आचारसंहिता लागिसकेको अवस्थामा सरकारले प्रदेश प्रमुखहरुलाई विना कारण हटाएर आफ्नो स्वेच्छाचारी चरित्र देखाएको छ। प्रदेश प्रमुख हटाउॅन पाउने संबैधानिक अधिकार सरकारलाई छ। कि सरकार गठन लगत्तै हटाउॅनुपर्दथ्यो तर अहिले आएर गरिएको यो निर्णयले हामीलाई गम्भिर बनाएको छ। सरकारको यो निर्णयले सहकार्यको राजनीतिको ढोका बन्द गर्ने काम गरेको छ। संघियतालाई असफल बनाएर मुलुकलाई फेरी द्वन्द्वमा लैजाने खेल सरकारबाटै भैरहेको छ। यो घट्नाले ‘चेक एण्ड ब्यालेन्स’ को सिद्धान्तलाई समेत कुल्चने प्रयास गरेको छ। राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्दै सरकार अधिनायकबाद तर्फ अगाडी बढिरहेको छ।