पु.समाचार

सुकुटे बस दुर्घटनामा निधन र घाईतेप्रति काङ्ग्रेस स्तब्ध

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी दोलखाको देउरालीबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खस्दा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । दुर्घटनामा झण्डै डेढ दर्जन मानिसको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

सभापति देउवाले दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । काङ्ग्रेसले बेपत्ताको खोजी तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।