राजनीति

प्रदेश प्रमुख हटाएर निर्बाचन जित्नु नेकपाको दिवास्वप्न, रगतको खोलो बग्ला लोकतन्त्र मासिन दिन्नौः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेकपा दुईतिहाई मतको सरकारले सातैवटा प्रदेशका प्रमुखलाई हटाएर आउँदै गरेको उपनिर्बाचनसँग डराएको पमाणित भएको बताएका छन् । अध्यक्ष बस्नेतले एक विज्ञप्ती जारी गर्दै निर्बाचनको मुखमा काँग्रेस सरकारका पालामा नियुक्ती हुनुभएका प्रदेश प्रमुखहरुलाई हटाएर सरकारमात्र नभई राष्ट्रपतिजस्तो गरिमामय संस्था मुछिएकोमा चिन्ता ब्यक्त गर्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।

अध्यक्ष बस्नेतले दुईतिहाई मतको आडमा जनताका अधिकारमा अलिकतिपनि ध्यान नजानु भ्रष्ट सरकारको स्वार्थबाहेक अरु केही नभएको बताँउदै काँग्रेससँग भएका सहमतीका बाटा बन्द गर्दै ओली सरकार अधिनायकबादको बाटोमा लम्किएको प्रष्ट भएको बताएका छन् । अध्यक्ष बस्नेतले राणा, राजा र पञ्चायत फालेको काँग्रेसले लोकतन्त्र बचाउन गर्ने जस्तासुकै आन्दोलनमा तरुण दल रगत बगाउन तयार रहेको बताउँदै नेकपा सरकारले एकपछि अर्को गर्दै संबिधान र सहमतीका भावनालाई कुल्चिदै गएको प्रमाणित हुंदै गएको स्पष्ट गरेका छन् ।

नेपाली काँग्रेसका युवा नेता समेत रहेका अधयक्ष बस्नेतले प्रदेश प्रमुखहरू एकलौटी हटाउने सरकारको निर्णय राजनैतिक पुर्वाग्रही, निर्वाचन आचारसंहिता बिपरित र सर्बसत्ताबादी चरित्रको नमुनामात्र भएको टिप्पणी गर्दै उपनिर्बाचनमा जनताविरुद्ध लागेको ओली सरकारलाई जनताले नै देखाईदिने दाबी गरेका छन् । उनले लोकतन्त्र मास्ने षढ्यन्त्र ओली सरकारको दिवास्वप्न भएको भन्दै आफूहरु मर्न तयार रहेको तर लोकतन्त्र मासिन नदिने स्पष्ट गरेका छन् ।