राजनीति

काङ्ग्रेसलाई कमजोर ठान्ने जोकोही पनि मुर्ख–पटमुर्ख हुन्: नेतृ सुजाता कोईराला

नेपाली काङ्ग्रेसकी नेतृ सुजता कोइरालाले काङ्ग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गरेकी छन् । पत्रकारसँग आज कुराकानी गर्दै उनले काङ्ग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गरिन् । उनले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काङ्ग्रेस एक ठाउँमा हुने गरेको बताईन् ।

काङ्ग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गरिन् । निर्वाचनपछि काङ्ग्रेस बलियो बन्दै गएको बताउँदै उनले भनिन्, “जुन अवस्थामा काङ्ग्रेस थियो, त्यही अवस्थामा काङ्ग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।”

नेपालका कार्यबहक राष्ट्रप्रमुख समेत भएका पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाकी सुपुत्री समेत रहेकी नेतृ कोईरालाले काँग्रेसले नै देशका महत्वपूर्ण राजनीतिक समस्या समाधान गरेको इतिहास हेर्न आग्रह गर्दै काँग्रेस बिना देश र लोकतन्त्र अगाडी बढ्न नसक्ने दाबी गरेकी छन् । पुर्व उपप्रधानमन्त्री र काँग्रेसको विदेश बिभाग सम्हालेको अनुभब पनि उनमा भएकाले सूजाताले बोलेका कुरा राजनीतिक रुपमा अर्थपूर्ण रहने बताईन्छ ।