लुम्बिनी

तरुण नेताले खानेभए डीएसपी शाहीको जागीर, अनुसंधान गर्न बन्यो एसएसपी केसीको नेतृत्वमा समिति

काठमाण्डौ । तरुण दलका नेपालगंज नगर सभापति संदीपजंग शाहलाई हतियारसहित फसाईएको भनिएका उक्र नगरका डीएसपी हेमबहादुर शाहीमाथी छानविन गर्न प्रहरीले समिति गठन गरेको छ । एसएसपी नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाईएको छ र उक्त समितिले छानबिन गरी कारबाही गर्ने प्रदेश नम्बर ५ का प्रहरी प्रमुख शुरेसबिक्रम शाहले बताएका छन् ।
डीएसपी शाहीले तरुण दलका सभापति शाहसमित ६ जनालाई नमस्ते रिसोर्टमा पारिवारिक गफ गरिरहेकोबेला पक्राउ गरी हिराशतमा लिएको तरुण दलले आरोप लगाएको छ भने प्रहरी प्रमुख सुरेशविक्रम शाहले हतियारसहित पक्राउ परेका तरुण दलका कार्यकर्ताहरुको पक्राउ गरिएका बेलाको सिसिटिभी फुटेज आफूहरुसँग सुरक्षीत रहेको बताएका छन् । आफूलाई पहिले नै जानकारी भएको भए गथलत गर्नेलाई कारबाही गर्ने बताउँदै समिति आईसकेको र उक्त समितिले अनुसंधान गर्ने जानकारी दिए ।

प्रहरी प्रवक्ता विश्वराज सुवेदीले हिजो नै अनुसंधान गर्न समिति बनाउने बताएका थिए । त्यही अनुसार प्रहरीले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गरेको छ । तरुण दल सभापति शाशसंग डीएसपी शाहीले खसी माग्दै गरेको र धम्म्याएको अडियो समेत सार्बजनिक भएको छ यसले डीएसपी शाहीको पद भने धरापमा नै परेको सुरक्षाविदहरुको अनुमान छ ।

डीएसपी शाहीको बोली नै हो र धम्याउदा तेरो र मेरो वार भयो भनेकै हो भने प्रहरीले अनुसंधान गर्दा डीएसपी शाहलाई बचाउन मिल्दैन र डीएसपी शाहको जागीर जान्छ, संदीपजंगले उनको जागीर खाईदिन्छन् तर तर उक्त अडियो गलत भएमा भने तरुण नेता शाह लगायत पक्राउ परेकाहरुलाई हतियार खरखजानामा कडा कारबाही हुन सक्छ ।