राजनीति

प्रधानमन्त्रीको मृगौलाको पुनः डायलसिस गरिने, रिपोर्ट आएपछिमात्र सबै थाहा हुन्छः प्रवक्ता श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाको पुनः डायलिस गनुपर्ने देखिएको छ । बुधबार उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्ती ओलीको एक्कासी मृगौलाको डयलासिस गरिएपनि पुनः चिकित्शकको सल्लाह अनुसार डायलासिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वस्थ्यको बारेमा जानकारी गराउँदा उक्त कुरा बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

मिडियामा हल्ला भएअनुसार प्रधानमन्त्री ओलीको स्वस्थ्यमा नकरात्मक रुपमा समस्या छ भनेको सत्य नभएको बताँउँदै सबै कुराको बारेमा भने केही थप रिपोर्ट आएपछि स्पष्ट हुने भनेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले १२ बर्ष अघि मृगौला प्रत्यारोपण गराएका थिए भने उनको मृगौलाको उपचारका लागि साउनमा सिंगापुर समेत गएका थिए । प्रधानमन्त्रीको स्वस्थयको बारेमा सुचना लुकाएको भन्दै सर्बत्र आलोचना भईरहेका बेला आजको नेकपा बैठकमा ओलीले आफ्नो स्वस्थ्य अवस्थाको बारेमा स्पष्ट गरेका हुन् ।